काठमाण्डौ । इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि पुस ९ गते अनुमति पाएको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले ७५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र आम सर्वसाधारण गरी दुई चरणमा आईपीओ निष्कासन गर्ने छ ।
यो कम्पनीको उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।

