सोमबार, असार ३०,२०८२ 08:57:13
  • सोमबार, असार ३०,२०८२ 08:57:13
Global IME Bank Limited

आइएमएफले सहायता बढाउने भएपछि पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा

Hyundai Nepal
आइएमएफले सहायता बढाउने भएपछि पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा
Shivam Cement

काठमाण्डौ । पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तराष्ट्रिय मुद्रा कोषसँग थप आर्थिक सहायता उपलब्ध गराउने सहमति भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल आएको हो ।  

गत बिहिबार पाकितस्तानको सेयर बजार इन्डेक्स केएसई–१०० इन्ट्रा डेमा ६७ हजार २४६.०२ विन्दुमा पुग्दै रेकर्ततोड उचाई हासिल गरेको हो । यसअघि गत डिसेम्बर १३ मा पाकिस्तानको सेयर बजार इन्डेक्स ६७ हजार ०९३ विन्दुको उचाईमा पुगेको थियो । बिहिबार केएसई –१०० ६७ हजार १४२.१२ विन्दुमा बन्द भएको थियो ।  

आइएमएफले सहायता वृद्धि गर्ने तथा निजीकरण सम्बन्धी सकारात्मक खबरले घरेलु र विदेशी लगानीकर्ताले सेयर खरिद बढाएकाले पाकिस्तानको सेयर बजारमा सुधार देखिएको विश्लेषकले बताएका छन् ।  

पाकितस्तान र आइएमएफबीच दोस्रो तथा नौ महिनाको अन्तिम समीक्षामा ३ बिलियन डलर आर्थिक सहायता वृद्धि गर्ने सहमति बनेको थियो ।  

यस्तै पाकिस्तानका प्रधानमन्त्री सेबाज सरिफले सरकारी स्वामित्वका घाटामा गएका कम्पनीहरुलाई निजीकरण गर्ने लामो समयदेखिको प्रत्रिलयालाई अघि बढाउने घोषणा गरेका छन् । यसले पनि लगानीकर्तामा उत्साह थपिएको छ ।  -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.