आईतवार, भाद्र १,२०८२ 12:55:09
IME remit
  • आईतवार, भाद्र १,२०८२ 12:55:09
IME remit
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने

Hyundai Nepal
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने
Shivam Cement

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ औं साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना हुँदैछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन गरिनेछ ।  

यस्तै वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्सबाट स्वत मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.