शनिबार, जेष्ठ १६,२०८३ 01:37:52
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:37:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार निरन्तर खस्किदै, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

Laxmi Sunrise Bank Limited
सेयरबजार निरन्तर खस्किदै, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । सेयरबजारको ओरालो यात्रा आजपनि कायमै रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २५.८१ अंकले घटेर २ हजार ७४४.४५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४६४.५१ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २१ लाख ४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९५ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

Bizshala
New Office
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘पछिल्लो समय लगानीकर्ताहरुमा कन्फिडेन्ट नआउँदा सेयरबजार साइडवेजमा चलेको छ, र यतिबेला लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न चाहिरहेका छैनन् । सरकारले पूँजीबजारको लागि नीतिगत कुराहरु गरेपनि कार्यान्वयन गर्ने वा लगानीकर्तालाई आश्वासन दिलाउने कार्य गर्न नसक्दा बजारप्रति उत्साहपन घट्दै गएको छ ।’

उनले थपे, ‘साथै अहिले बजार साइडवेजमा चल्नुको मुख्य कारण ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहनु पनि हो । जसरी सरकारले सम्पत्ति शुद्धीकरणको विषयले ठूला व्यवसायीमाथि अनुसन्धान गरी पक्राउ गरेका छन्, यसले नेपालको पूँजीबजारमा प्रत्यक्ष असर गरेको छ । साथै आइपीओ बिक्री गर्दा भएको चलखेलको विषयले पनि बजारलाई थप प्रभावित बनाएको छ । यतिबेला ठूला लगानीकर्ताहरु समस्यामा छन् र संस्थागत लगानीकर्ताहरुले समेत लगानी बढाउन सकिरहेका छैनन् । यदि सरकारले घोषणापत्रमा ल्याएका योजना तथा नीतिगत कार्यहरु कार्यान्वयनका लागि पहल गर्ने हो भने बजेट घोषणाअघि बजामा एउटा स्विङ आउन सक्ने सम्भावना देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात १.०९ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक र म्युचुअल फण्ड समूह पनि क्रमश ः०.१४ र ०.०१ प्रतिशतले बढ्यो ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात २.२४ प्रतिशतले घट्यो । यसैगरी बैंकिङ समूह ०.७६, फाइनान्स ०.६४, होटल १.६४, हाईड्रो १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, लघुवित्त ०.५४, निर्जीवन १.११ र अन्य समूह ०.९२ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक अर्थात २४ करोड १९ लाख बढीको सेयर कारोबार भयो । यस्तै पाल्पा सिमेन्टको २० करोड २१ लाख, नेशनल हाईड्रोपावरको १७ करोड ३८ लाख,  सोलु हाईड्रोको १७ करोड ५ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १६ करोड ४५ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १३.८१ प्रतिशतको वृद्धिका साथ माथि लाग्यो ।

यस्तै लक्ष्मी लघुवित्तको सेयरमूल्य २.६६ प्रतिशतले बढ्यो ।

यो दिन शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक अर्थात ११.४६ प्रतिशतले घट्यो । पाल्पा सिमेन्टको सेयरमूल्य पनि आज ७.७९ प्रतिशत र त्रिशुली जलविद्युतको सेयरमूल्य ६.९८ प्रतिशतले घट्यो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.