Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर डलर, पाउण्ड र फ्र्याङ्क सस्तिए, युरो–अष्ट्रेलियन डलर महँगियो

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर डलर, पाउण्ड र फ्र्याङ्क सस्तिए, युरो–अष्ट्रेलियन डलर महँगियो
Shivam Cement

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  

दरमा देखिएको नयाँ समायोजनअनुसार केही प्रमुख मुद्राको मूल्य घटेको छ भने केहीमा वृद्धि भएको छ ।

Bizshala
New Office
CG Motors

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, बेलायती पाउण्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको भाउ सामान्य घटेको छ । युरो र अष्ट्रेलियन डलर भने बढेका छन् ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । यो हिजोको तुलनामा केही कमी हो ।

युरोको मूल्य भने बढेको छ । आज युरो एकको खरिददर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा तोकिएको छ, जुन अघिल्लो दिनभन्दा माथि हो ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ भने स्विस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । यी दुवै मुद्रामा सामान्य गिरावट देखिएको छ ।

अष्ट्रेलियन डलरको मूल्य भने बढेको छ । आज यसको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकहरूले लागू गर्ने दर भने फरक हुन सक्ने तथा अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.