बुधबार, असार १८,२०८२ 01:04:26
  • बुधबार, असार १८,२०८२ 01:04:26
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा सीमित भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘अहिले लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरिरहेका छन् । बजारमा १२ गतेसम्म मौद्रिक नीतिको समीक्षा आउने हल्ला सुनिएको छ । त्यसैले बजारमा तत्कालै ठूलो अंकको उतारचढाव हुने देखिदैन ।’

सरकारको स्थिरतामाथि मडारिएको कालो बादलका कारण पनि बजार बढ्न नसकेको रिजाल बताउँछन् ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट पनि मौद्रिक नीतिको समीक्षा नीति चाँडै आउने र यसमा सेयर बजार र घरजग्गा कारोबारमा केहि लचकता आउने सक्ने भएकाले बजारमा सकारात्मक प्रभाव पर्नेछ । ‘अब बैंकहरुको रिपोर्ट पनि धेरै खराब आउँदैन । बैंकको रिपोर्ट सुधारिदैँ गएपछि बजार बढ्ने देखिन्छ ।’  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटामध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ९ वटा समूहमा भने रातो पोतियो । आज लघुवित्त समूह सबैभन्दा धेरै अर्थात १.९१ प्रतिशतले बढ्यो । वित्त समूह १.०४,हाईड्रो ०.३९ र व्यापार समूह ०.५० प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह ०.३२ अंकले घटेको आज विकास बैंक ०.४१, होटल ०.३१,लगानी ०.८२,जीवन बीमा ०.७०,उत्पादन तथा प्रशोधन ०.४४,म्युचुअल फण्ड ०.७३,निर्जीवन बीमा १.०३ र अन्य समूह ०.४१ अंकले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको २१ करोड ४७ लाख बढीको कारोबार भयो ।  

त्यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख,ङादी ग्रुपको १० करोड ३८ लाख,सूर्यज्योति लाइफ ८ करोड ९२ लाख र हिमालयन रि इन्स्योरेन्सको ७ करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज श्रृजनशिल लघुवित्तको सेयरमूल्य १० प्रतिशत र एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ९.७२ प्रतिशतले बढ्यो । ्

यस्तै दोल्ती पावर कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशत,राप्ती हाईड्रोको ९.२३ र मिथिला लघुवित्तको सेयरमूल्य ८.७० प्रतिशतले बढ्यो ।  

आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । तेह्रथुम पावरको सेयरमूल्य ४.३८ प्रतिशतले घटेको आज तारागाउँ रिजेन्सीको सेयरमूल्य ३.९३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.