Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:27:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माबिलुङ इनर्जी ८४.४७ लाख घाटामा, अन्य सूचकको अवस्था कस्तो ?

Laxmi Sunrise Bank Limited
माबिलुङ इनर्जी ८४.४७ लाख घाटामा, अन्य सूचकको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८४ लाख ४७ हजार रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २० लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल थियो ।

कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०८२ असोज ४ गतेबाट अपर पिलुवाखोला ३ जलविद्युत आयोजना सञ्चालन गरी विद्युत बिक्री गरिरहेको छ ।

Bizshala
New Office
CG Motors

तेस्रो त्रैमाससम्म कम्पनीको प्रशासनिक खर्च ६७ लाख ३९ हजार र वित्त खर्च २ करोड ८५ लाख रहेको छ । कम्पनीको रिजर्भ कोषमा ४६ लाख १० हजार रुपैयाँ सञ्चित रहेको छ । ३८ करोड ५८ लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ७ करोड ८६ लाख र कुल चालु दायित्व ५ करोड ५४ लाख रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.९२ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०१.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२१.१२ रुपैयाँ, पीई रेसियो २५२.१२ गुणा ऋणात्मक र तरलता अनुपात १.४२ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.