Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे उच्चस्तरीय छलफल

Laxmi Sunrise Bank Limited
सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे उच्चस्तरीय छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा "नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण" (Diagnosing the Economic & Industrial Health of Nepal) विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।

यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा ल्याएको थियो। छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउनुभएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो। 

छलफलका प्यानलिस्टहरूमा उद्योग, वाणिज्य तथा आपूर्ती लगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पूर्व मन्त्री अनिल कुमार सिन्हा, र पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी हुनुभएको कार्यक्रमको सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन् ।  

Bizshala
New Office
CG Motors

कार्यक्रममा सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए । "भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ । अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको उर्जाबीचको दुरी मेटाउन मन्च सधैं प्रतिबद्ध छ," उनले भने । 

Garima Development Bank
Shivam Cement
Bizshala

छलफलका क्रममा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो। प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए। 

प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा जिज्ञासा राखेका थिए। 

कार्यक्रमको औपचारिक समापन मन्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले गरे । उनले विज्ञहरुको अमूल्य योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.