Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रसुवामा ३६ लाख बढी मूल्यका भेपसहित ८ जना पक्राउ

Laxmi Sunrise Bank Limited
रसुवामा ३६ लाख बढी मूल्यका भेपसहित ८ जना पक्राउ
Shivam Cement

काठमाण्डौं । रसुवामा ठूलो मात्रामा अवैध विद्युतीय चुरोट (भेप) बरामद गर्दै प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले गोसाइँकुण्ड गाउँपालिका–१ दालफेदीस्थित एक घरमा छापा मार्दा ३६ लाख ७५ हजार रुपैयाँ बराबरका १,२२५ वटा भेप फेला पारेको हो ।  

Bizshala
New Office
CG Motors

ती सामग्री प्लास्टिकका बोरामा र कार्टुनभित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनासँग सम्बन्धित आरोपमा रसुवा, धादिङ, नुवाकोट, ओखलढुंगा र काठमाडौंमा बसोबास गर्ने ८ जनालाई पक्राउ गरिएको छ ।  

उनीहरूलाई भेपको अवैध ओसारपसारमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार बरामद सामग्रीको स्रोत र वितरण सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको छ । 

 

Garima Development Bank
Shivam Cement
Bizshala

यस घटनामा संगठित तस्करी सञ्जालको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

यसअघि केही दिनअघि मात्र मुस्ताङको कोरला नाका क्षेत्रमा पनि ठूलो परिमाणमा चिनियाँ इलेक्ट्रोनिक चुरोट बरामद भएको थियो, जसले सीमा क्षेत्रमा अवैध कारोबार बढ्दै गएको संकेत गरेको सुरक्षा निकायको भनाइ छ ।

प्रहरीले पछिल्ला घटनाहरूलाई आधार मानेर भेप तस्करी नेटवर्कबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.