Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, पश्चिमी वायुको प्रभाव जारी, कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

Laxmi Sunrise Bank Limited
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, पश्चिमी वायुको प्रभाव जारी, कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना
Shivam Cement

काठमाण्डौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस प्रभावका कारण पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई क्षेत्रका अधिकांश भागमा मौसम मुख्यतया सफा रहेको छ ।

Bizshala
New Office
CG Motors

महाशाखाका अनुसार बिहानै काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा भएको थियो ।  

पश्चिमी वायुको प्रभाव दिनभर कायम रहने भएकाले विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना उच्च रहेको अनुमान गरिएको छ ।

दिउँसोको मौसम पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अपेक्षा गरिएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा मधेश प्रदेशसहित ती प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।  

 

Garima Development Bank
Shivam Cement
Bizshala

हिमाली क्षेत्रका केही भागमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा समेत वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

मौसममा आएको यस परिवर्तनले कृषि, यातायात तथा दैनिक जनजीवनमा आंशिक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ ।

महाशाखाले चट्याङ, मेघगर्जन तथा आकस्मिक वर्षाका कारण सतर्कता अपनाउन आग्रह गर्दै मौसम निरन्तर परिवर्तनशील रहेकाले नियमित अद्यावधिक जानकारी लिन सुझाव दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.