Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी शुल्क ५ लाख

Laxmi Sunrise Bank Limited
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी शुल्क ५ लाख
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठक २०८३ जेठ ८ गते बस्ने तय भएसँगै सोही दिन निर्वाचन प्रक्रिया सञ्चालन गरिने जनाएको हो ।

महासंघद्वारा जारी सूचनाअनुसार निर्वाचन कार्यक्रम अपरान्ह १ बजेदेखि सुरु हुनेछ । प्रारम्भमा मतदाता नामावली प्रकाशन, दावी–विरोध, अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिनेछ । त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दावी–विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

Bizshala
New Office
CG Motors

निर्वाचन समितिका अनुसार अपरान्ह साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ ।

महासंघको विधानअनुसार योग्यता पुगेका कार्यकारिणी समिति सदस्यहरूले निर्धारित ढाँचामा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । वरिष्ठ उपाध्यक्ष पदका लागि मनोनयन शुल्क रु. ५ लाख तथा कोषाध्यक्ष पदका लागि रु. ३ लाख तोकिएको महासंघले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

निर्वाचन कार्यक्रम, टेकुस्थित बैठक कक्षको चौथो तलामा सञ्चालन हुनेछ । साथै कार्यसमितिको बैठकको अवस्थाअनुसार कार्यक्रमको समय परिवर्तन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

यसपटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई,हेमराज ढकाल र सुरकृष्ण वैद्यले प्रतिष्पर्धा गर्दैछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.