Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

“पुराना कानून खारेज गरौं, प्रविधिमैत्री नयाँ व्यवस्था ल्याऔं” : सभामुख अर्याल

Laxmi Sunrise Bank Limited
“पुराना कानून खारेज गरौं, प्रविधिमैत्री नयाँ व्यवस्था ल्याऔं” : सभामुख अर्याल
Shivam Cement

काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले समयानुकूल, प्रविधिमैत्री र जनजीवनसँग प्रत्यक्ष जोडिने कानून निर्माणमा जोड दिएका छन् ।  

पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुराना तथा अप्रासंगिक कानूनलाई संशोधन वा खारेज गरेर नयाँ सोचअनुसारको कानूनी संरचना तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।

Bizshala
New Office
CG Motors

उनले वर्तमान कानून निर्माण प्रक्रियामा व्यवहारिक पक्ष कमजोर रहेको उल्लेख गर्दै विशेषगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीप्रति असन्तुष्टि व्यक्त गरे ।

लिखित परीक्षामा असफल भएपछि पुनः परीक्षा दिन तीन महिना पर्खिनुपर्ने व्यवस्था अव्यवहारिक भएको र यसले सर्वसाधारणको दैनिकी तथा रोजगारीमा असर पुर्‍याउने उनको भनाइ थियो ।

सभामुख अर्यालले दुई पाङ्ग्रे सवारीका लागि १८ वर्ष र चार पाङ्ग्रे सवारीका लागि २१ वर्ष उमेर सीमा तोकिएको व्यवस्थामाथि पनि प्रश्न उठाए ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कानून बनाउँदा सरोकारवाला र प्रयोगकर्तासँग पर्याप्त परामर्श नहुने प्रवृत्ति रहेको भन्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले अनुभवी अग्रज पुस्ता, ऊर्जाशील वर्तमान पुस्ता र प्रविधिमा दक्ष नयाँ पुस्ताबीच सहकार्य हुन सके मात्रै देशलाई समृद्ध र नागरिकले चाहेजस्तो बनाउन सकिने धारणा राखे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.