Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फिलिपिन्समा निर्माणाधीन ९ तले भवन ढल्यो, जीवितै बाहिरिए २२ कामदार, दर्जनौँ कामदार फसेको आशंका

Laxmi Sunrise Bank Limited
फिलिपिन्समा निर्माणाधीन ९ तले भवन ढल्यो, जीवितै बाहिरिए २२ कामदार, दर्जनौँ कामदार फसेको आशंका
Shivam Cement

काठमाडौं । एन्जलसमा निर्माणाधीन नौ तले भवन भत्किँदा ठूलो संख्यामा कामदार भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।  

आइतबार बिहान भएको दुर्घटनापछि उद्धारकर्मीहरूले तीव्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् भने घटनाले फिलिपिन्सभर चिन्ता र त्रास फैलाएको छ ।

Bizshala
New Office
CG Motors

प्रहरीका अनुसार फिलिपिन्सको पम्पंगा प्रान्तस्थित एन्जलस क्षेत्रमा आँधीबेहरी चलिरहेका बेला निर्माणाधीन भवन अचानक ढलेको थियो ।  

दुर्घटनापछि कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्किएका छन् । केही घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घटनास्थलमा खटिएका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेज ले तत्काल कुनै मृत्युको आधिकारिक पुष्टि नभएको बताएका छन् ।

 उनका अनुसार भग्नावशेषभित्र अझै कति मानिस फसेका छन् भन्ने स्पष्ट विवरण आउन बाँकी छ ।

यद्यपि एन्जलस सिटी सूचना कार्यालय प्रमुखजे पेलायो ले निर्माणस्थलका फोरम्यानलाई उद्धृत गर्दै कम्तीमा ३० जना कामदार अझै भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

उद्धार टोलीहरूले एक्साभेटर, क्रेन तथा अन्य भारी उपकरण प्रयोग गर्दै भग्नावशेष हटाउने काम गरिरहेका छन् ।  

जीवित व्यक्तिको खोजीका साथै थप संरचना भत्किने जोखिम मूल्यांकन गर्ने काम पनि जारी रहेको अधिकारीहरूले बताएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

दुर्घटनापछि भवन निर्माणको गुणस्तर, सुरक्षा मापदण्ड र निर्माण प्रक्रियाबारे पनि प्रश्न उठ्न थालेको छ ।

स्थानीय प्रशासनले भवन किन ढल्यो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान शुरु गरेको जनाएको छ ।

एन्जलस फिलिपिन्सको प्रमुख आर्थिक तथा व्यावसायिक केन्द्रमध्ये एक हो ।  

यो क्षेत्र विगतमा अमेरिकी वायुसेनाको ठूलो सैन्य अड्डाका रूपमा परिचित थियो ।  

पछि अमेरिकी सैन्य उपस्थिति घटेपछि एन्जलस र आसपासका क्षेत्र व्यापार, सेवा तथा मनोरञ्जन उद्योगको केन्द्रका रूपमा विकसित भएका हुन् ।

पुरानो अमेरिकी सैन्य अड्डा अहिले क्लार्क फ्रिपोर्ट जोन का रूपमा सञ्चालनमा छ ।  

उक्त क्षेत्र राजधानी मनिला बाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.