Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घ्यूको नाममा ठगी!” बजारमा वनस्पति सर्टेनिङ बेचिँदै

Laxmi Sunrise Bank Limited
घ्यूको नाममा ठगी!” बजारमा वनस्पति सर्टेनिङ बेचिँदै
Shivam Cement

काठमाण्डौं । बजारमा “शुद्ध डेरी घ्यू” भन्दै बिक्री भइरहेको कतिपय उत्पादन वास्तवमा वनस्पति घ्यू अर्थात् ‘बेकरी सर्टेनिङ’ भएको खुलासा भएपछि खाद्य अधिकारीहरू सक्रिय बनेका छन् ।  

उपभोक्तालाई झुक्याएर कमसल वस्तु महँगो मूल्यमा बिक्री गर्ने प्रवृत्तिविरुद्ध तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ले विभिन्न जिल्लामा निगरानी र कारबाही तीव्र पारेको हो ।

Bizshala
New Office
CG Motors

पालुङटार नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र इलाका प्रहरी कार्यालय ठाँटीपोखरी को संयुक्त टोलीले गोरखाको ठाँटीपोखरी बजारमा गरेको अनुगमनका क्रममा ठूलो परिमाणमा बेकरी सर्टेनिङ जफत गरेको छ ।

अनुगमनका क्रममा संघीय सरकार तथा स्थानीय तहले प्रतिबन्ध लगाएका १० केजीभन्दा कम तौलका प्याकेटमा बिक्री भइरहेको बेकरी सर्टेनिङ फेला परेको थियो ।  

विशेषगरी आधा केजीका बट्टामा प्याक गरिएका सामग्री बजारमा “घ्यू” का रूपमा बिक्री भइरहेको पाइएपछि ती सामग्री जफत गरिएको हो ।  

जफत गरिएको सामग्रीको मूल्य करिब ३३ हजार ८ सय ८० रुपैयाँ बराबर रहेको जनाइएको छ ।

खाद्य अनुसन्धान अधिकारी ज्योति आचार्यका अनुसार विभागीय मापदण्डविपरीत बजारमा पठाइएका यस्ता उत्पादनमाथि अहिले विशेष निगरानी भइरहेको छ ।  

उनका अनुसार नवलपुर, गोरखा र लमजुङमा समेत अनुगमन विस्तार गरिएको छ भने अब तनहुँका बजारमा पनि सघन कारबाही अघि बढाइनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala

अनुगमनका क्रममा बेकरी उद्योगमा प्रयोग हुने सेतो वनस्पति सर्टेनिङमा कृत्रिम पहेँलो रङ मिसाएर डेरी घ्यूजस्तो देखाइ बिक्री गरिएको तथ्यसमेत खुलेको छ । 

पालुङटार नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीका अनुसार कम लागतको वस्तुलाई “सस्तो शुद्ध घ्यू” भनेर प्रचार गरी उपभोक्ताबाट अस्वाभाविक नाफा असुल्ने काम भइरहेको पाइएको छ ।

उनका अनुसार करिब १४० रुपैयाँमा खरिद हुने आधा केजीको बट्टामा ४५० रुपैयाँसम्म खुद्रा मूल्य राखेर बिक्री गरिएको भेटिएको छ ।

“घ्यूको नाममा उपभोक्तालाई भ्रममा पार्ने यस्तो प्रवृत्ति नियन्त्रण गर्न देशव्यापी रूपमा कडा निगरानी आवश्यक छ,” उनले बताए ।

खाद्य विज्ञहरूका अनुसार यस्ता भ्रामक उत्पादनले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्नुका साथै वास्तविक डेरी उत्पादनप्रतिको विश्वाससमेत कमजोर बनाउने खतरा छ ।  

त्यसैले बजारमा गुणस्तरहीन तथा भ्रामक खाद्य वस्तुविरुद्ध थप कडा अनुगमन र कानुनी कारबाहीको तयारी गरिएको जनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.