Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उपत्यकामा ट्राफिक प्रहरीको कडा एक्सन, २४ घण्टामै २ हजार ४ सय बढी चालक कारबाहीमा, ११ लाख बढी राजस्व संकलन

Laxmi Sunrise Bank Limited
उपत्यकामा ट्राफिक प्रहरीको कडा एक्सन, २४ घण्टामै २ हजार ४ सय बढी चालक कारबाहीमा, ११ लाख बढी राजस्व संकलन
Shivam Cement

काठमाण्डौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा ट्राफिक अनुशासन कडाइ गर्न सघन निगरानी अभियान चलाएको छ ।  

पछिल्लो २४ घण्टामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ५३ जना चालक कारबाहीमा परेका छन् भने जरिवानामार्फत ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

उपत्यकाका व्यस्त सडक, चोक र मुख्य मार्गहरूमा गरिएको विशेष चेकिङका क्रममा मापसे, तीव्र गति, रातोबत्ती उल्लङ्घन, एकतर्फी सडक प्रयोग र अव्यवस्थित राइड सेयरिङजस्ता गतिविधिमाथि विशेष निगरानी गरिएको थियो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय ५ जना चालक कारबाहीमा परेका छन् ।

त्यस्तै राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २ सय ३८, रातोबत्ती उल्लङ्घन गर्ने १ सय ८४, तीव्र गतिमा सवारी चलाउने १ सय ८६ तथा एकतर्फी सडकमा प्रवेश गर्ने १ सय ३९ चालकलाई जरिवाना गरिएको छ ।

यसैगरी हर्न निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने १ सय १९, फुटपाथ अतिक्रमण गर्ने १ सय तथा लेन अनुशासन तोड्ने १४ जना चालक पनि कारबाहीमा परेका छन् ।  

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनमा मात्रै १ हजार ३ सय ६८ जना चालक समातिएको प्रहरीले जनाएको छ ।

 

Garima Development Bank
Shivam Cement
Bizshala

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटना बढ्न थालेपछि निगरानी र चेकिङलाई थप प्रभावकारी बनाइएको हो ।

उनले ट्राफिक अनुशासन कायम गर्न दैनिक रूपमा विभिन्न स्थानमा मोबाइल टोली परिचालन भइरहेको बताए ।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनु कानूनविपरीत मात्र नभई घातक दुर्घटनाको प्रमुख कारणसमेत रहेको भन्दै यात्रु र सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।  

कुनै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाएको आशंका लागेमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा तुरुन्त जानकारी दिन अनुरोध गरिएको छ ।

उपत्यकामा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लङ्घनका कारण सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले आगामी दिनमा अझ कडा निगरानी र कारबाही अभियान सञ्चालन गर्ने संकेत दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.