Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

Laxmi Sunrise Bank Limited
दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
Shivam Cement

काठमाण्डौं । दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएपछि उनको प्रकरण फेरि चर्चामा आएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्सा ले सोमबार प्रसाईंविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्दै कानूनी प्रक्रिया अघि बढाएको हो ।

Bizshala
New Office
CG Motors

जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंमाथि विद्युतीय माध्यममार्फत दिएका अभिव्यक्ति र गतिविधिसम्बन्धी विषयलाई लिएर मुद्दा दर्ता गरिएको हो ।  

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिएको थियो ।

यसअघि सर्वोच्च अदालत ले जेठ ८ गते प्रसाईंलाई थप हिरासतमा राख्न नमिल्ने आदेश दिएको थियो ।  

न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अनुसन्धान सकिएको भए मुद्दा दर्ता गर्न र नसकिएको अवस्थामा कानूनी प्रक्रियाअनुसार रिहा गर्न निर्देशन दिएको थियो ।

सोही आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्सा ले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।  

पर्साका एसपी सुदिपराज पाठकले अदालतको आदेशअनुसार अनुसन्धान प्रक्रिया टुंग्याएर प्रतिवेदन बुझाइएको बताएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रहरीले प्रसाईंलाई जेठ ४ गते पक्राउ गरेको थियो । 

पक्राउपछि पहिलो चरणमा तीन दिन र त्यसपछि थप चार दिन हिरासत म्याद थप गरिएको थियो । 

म्याद अवधि सकिएलगत्तै सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो ।

पछिल्लो समय प्रसाईं राजनीतिक गतिविधि, सार्वजनिक अभिव्यक्ति र आन्दोलनका कारण निरन्तर विवादमा पर्दै आएका छन् ।  

सरकार, राजनीतिक दल र राज्य संयन्त्रमाथि आक्रामक अभिव्यक्ति दिँदै आएका उनलाई प्रहरीले विभिन्न प्रकरणमा पटक–पटक नियन्त्रणमा लिँदै आएको छ ।

प्रसाईंमाथिको मुद्दालाई अहिले राजनीतिक अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रता र राज्यको कानूनी हस्तक्षेपबीचको संवेदनशील बहसका रूपमा पनि हेरिन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.