Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्त्रिपरिषद्का निर्णय : धान मूल्य, चीन–नेपाल प्रसारण लाइन र नागरिक उड्डयन नियुक्तिसम्म

Laxmi Sunrise Bank Limited
मन्त्रिपरिषद्का निर्णय : धान मूल्य, चीन–नेपाल प्रसारण लाइन र नागरिक उड्डयन नियुक्तिसम्म
Shivam Cement

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

सरकारले हरेक वर्ष धानबालीको न्यूनतम समर्थन मूल्य तोक्दै आए पनि किसानहरूले भने उत्पादन लागतको तुलनामा मूल्य अझै पर्याप्त नभएको गुनासो गर्दै आएका छन् ।  

पछिल्लो समय मल, बीउ, मजदुरी र सिँचाइ खर्च बढिरहेको अवस्थामा सरकारले तोकेको मूल्यले किसानलाई कति राहत दिन्छ भन्ने विषयमा चासो बढेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै धानको समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिएका हुन् ।

सरकारले यसलाई किसानको उत्पादन लागत संरक्षण तथा बजार मूल्य स्थिर राख्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन विद्युत् प्रसारण लाइन आयोजनाअन्तर्गत चिलिमे–केरुङ प्रसारण लाइन कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र पनि स्वीकृत गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

उक्त परियोजनालाई नेपाल–चीन ऊर्जा सहकार्यको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।

त्यस्तै सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धमा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ ।  

पछिल्लो समय सहकारी ठगी र बचतकर्ताको रकम हिनामिनाका घटना बढिरहेका बेला आयोगको प्रतिवेदनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।  

नेपालको हवाई सुरक्षा र नियामक सुधारबारे अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला प्राधिकरणको नेतृत्व परिवर्तनलाई चासोका साथ हेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.