Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कोशी–गण्डकीमा चट्याङसहित वर्षा, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो

Laxmi Sunrise Bank Limited
कोशी–गण्डकीमा चट्याङसहित वर्षा, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो
Shivam Cement

काठमाडौं । देशभरको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना बढेको छ ।

Bizshala
New Office
CG Motors

गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.