Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीले विकास साझेदारी र लगानीबारे इयु प्रतिनिधिसँग संवाद गर्ने

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीले विकास साझेदारी र लगानीबारे इयु प्रतिनिधिसँग संवाद गर्ने
Shivam Cement

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयु) सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग मंगलबार सामूहिक भेटवार्ता गर्ने भएका छन् ।

यो भेटलाई नेपालको कूटनीतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटघाट आज बिहान ११:३० बजे सिंहदरबारस्थित कार्यालयमा हुने तय भएको छ ।  

उच्चस्तरीय कूटनीतिक छलफलमार्फत नेपाल–युरोपेली संघ सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहले छलफलका क्रममा नेपालका वर्तमान राष्ट्रिय प्राथमिकता, आर्थिक सुधारका रणनीति तथा सुशासन प्रवर्द्धनका सरकारी प्रयासबारे विस्तृत जानकारी दिनेछन् ।  

साथै, विकास साझेदारी, लगानी प्रवर्द्धन, व्यापार विस्तार र वातावरणीय चुनौतीजस्ता विषयमा पनि विचार आदान–प्रदान हुने बताइएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा विशेषगरी ऊर्जा, पूर्वाधार विकास, जलवायु परिवर्तन र मानव विकाससम्बन्धी सहकार्यका सम्भावनाबारे समेत छलफल हुने कार्यसूची रहेको छ ।

यसअघि चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए ।  

उक्त अवसरमा उनीहरूले नेपालको नीतिगत दिशाबारे जिज्ञासा राखेका थिए ।

त्यतिबेला प्रधानमन्त्री शाहले आफ्नो सरकारको प्राथमिकता सुशासन सुधार, दिगो आर्थिक वृद्धि तथा सन्तुलित र व्यवहारिक वैदेशिक सम्बन्ध कायम गर्नु रहेको स्पष्ट पारेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.