Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ईयू राजदूतसँग प्रधानमन्त्रीको सन्देश : ‘जनताले परिवर्तनको म्यान्डेट दिएका छन्’

Laxmi Sunrise Bank Limited
ईयू राजदूतसँग प्रधानमन्त्रीको सन्देश : ‘जनताले परिवर्तनको म्यान्डेट दिएका छन्’
Shivam Cement

काठमाण्डौं । बालेन्द्र शाहले सरकारको प्राथमिकता नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने रहेको बताएका छन् ।  

युरोपेली संघ आबद्ध देशका राजदूतहरूसँग मंगलबार भएको भेटमा उनले सुशासन, आर्थिक पुनरुत्थान र समावेशी विकासलाई सरकारको मुख्य एजेण्डा बनाइएको स्पष्ट पारे ।

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री शाहले हालैको निर्वाचनले जनताबाट सुधार, पारदर्शिता र आर्थिक अवसर विस्तारको स्पष्ट सन्देश दिएको उल्लेख गर्दै नयाँ सरकार भए पनि नीतिगत निरन्तरता र राजनीतिक स्थिरता कायम रहने बताएका थिए ।  

उनले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणालीप्रति सरकार प्रतिबद्ध रहेको धारणा राखेका थिए ।

उनले नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा विकास गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै हरित ऊर्जा, पर्यटन, नवप्रवर्तन, पूर्वाधार र दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न चाहेको बताए ।

साथै, प्रक्रियागत सुधार र निजी क्षेत्रमैत्री वातावरण निर्माणमा पनि सरकार केन्द्रित रहेको उनको भनाइ थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यवहारिक विदेश नीति अपनाइरहेको स्पष्ट पार्दै छिमेकी मुलुक, विकास साझेदार र मित्रराष्ट्रसँगको सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहने बताएका थिए ।

भेटका क्रममा उनले विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति कायम गर्न संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

ईयू आबद्ध देशका राजदूतहरूले भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गर्दै नयाँ सरकारसँग सुशासन, आर्थिक विकास, जलवायु र लगानीका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.