Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इलामका किसान संकटमा : चिया र दूधको पैसा अड्कियो, डीडीसी दिएन ५० करोड

Laxmi Sunrise Bank Limited
इलामका किसान संकटमा : चिया र दूधको पैसा अड्कियो, डीडीसी दिएन ५० करोड
Shivam Cement

काठमाण्डौं । इलामका चिया र दुग्धजन्य उद्योग बजार अभाव र भुक्तानी संकटको दोहोरो मारमा परेका छन् ।  

उत्पादन बढे पनि उचित बजार व्यवस्थापन नहुँदा किसान र उद्योगी आर्थिक समस्यामा फस्दै गएको गुनासो उठेको हो ।

Bizshala
New Office
CG Motors

प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले संसदमा बोल्दै इलामका चिया, छुर्पी र दुग्धजन्य उद्योगहरू सरकारको उपेक्षाका कारण संकटतर्फ धकेलिएको बताएका छन् ।

उनका अनुसार जिल्लामा १५ भन्दा बढी चिया उद्योग, १५० भन्दा बढी छुर्पी उद्योग तथा सयौँ दुग्धजन्य मिठाई उद्योग सञ्चालनमा भएपनि उत्पादनले अपेक्षित मूल्य र बजार पाउन सकेको छैन ।

उनले विशेषगरी दुग्ध क्षेत्र गम्भीर संकटमा पुगेको उल्लेख गर्दै दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई लामो समयदेखि भुक्तानी नदिएको आरोप लगाए ।  

उनका अनुसार किसानले करिब साढे तीन महिनादेखि दूध बिक्रीबापतको रकम पाएका छैनन् भने करिब ५० करोड रुपैयाँ भुक्तानी अझै रोकिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

भुक्तानी रोकिँदा किसानहरू ऋण तिर्न, पशु आहार किन्न र दैनिक घरखर्च चलाउनसमेत कठिनाइमा परेको राईको भनाइ छ ।  

उनले उत्पादन बढाउन प्रोत्साहन गर्ने नीति कमजोर हुँदा किसानहरू निराश बन्दै गएको बताए ।

इलामको ग्रामीण अर्थतन्त्रमा चिया र दुग्धजन्य क्षेत्र मुख्य आधार मानिए पनि बजार असन्तुलन, कमजोर प्रवर्द्धन र भुक्तानी ढिलाइले उद्योग र कृषिक्षेत्र दुवै प्रभावित हुन थालेको विश्लेषण गरिएको छ ।  

उनले सरकारसँग तत्काल बक्यौता भुक्तानी र दीर्घकालीन बजार व्यवस्थापनको माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.