Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आर्थिक सर्वेक्षण : ७७ खर्ब निक्षेप हुँदा पनि अर्थतन्त्रमा चलायमानता कमजोर

Laxmi Sunrise Bank Limited
आर्थिक सर्वेक्षण : ७७ खर्ब निक्षेप हुँदा पनि अर्थतन्त्रमा चलायमानता कमजोर
Shivam Cement

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुँदा पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ ।  

आर्थिक गतिविधि सुस्त, लगानीकर्ताको आत्मविश्वास कमजोर र व्यवसाय विस्तारमा अनिश्चितता बढ्दा बैंकमा पैसा थुप्रिए पनि कर्जा माग भने कमजोर बनेको विश्लेषण गरिएको छ ।

Bizshala
New Office
CG Motors

बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६.६४ प्रतिशतले वृद्धि भएर ७७ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

तर, सोही अवधिमा निजी क्षेत्रतर्फ गएको कर्जा भने केवल ४।४ प्रतिशतले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

यसले बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त भएपनि निजी क्षेत्रले नयाँ लगानी विस्तार गर्न उत्साह नदेखाएको संकेत गरेको छ ।  

पछिल्लो समय उद्योग, व्यापार, निर्माण, रियल इस्टेट तथा उत्पादनमूलक क्षेत्र सुस्त बन्दा कर्जा माग घटेको देखिएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंक ले नीतिगत दरहरू घटाउने, कर्जा प्रवाह सहज बनाउने तथा बजारमा लगानी प्रोत्साहन गर्ने प्रयास गरिरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

तर, व्यवसायिक वातावरणमा सुधार नआउँदा निजी क्षेत्र अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

विशेषगरी निर्माण क्षेत्रको मन्दी, आयात–निर्यात व्यापारमा सुस्ती, उपभोग क्षमता कमजोर हुनु तथा लगानी प्रतिफलप्रति बढ्दो अनिश्चितताले निजी क्षेत्रको ऋण माग प्रभावित बनेको अर्थविद्हरूको भनाइ छ ।

बैंकहरूले निक्षेपमा ब्याजदर घटाउँदै लगे पनि कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन ।  

यसले बैंकहरूको आम्दानी, लगानी चक्र र समग्र आर्थिक चलायमानतामाथि समेत असर पार्न थालेको छ ।

अब केवल तरलता पर्याप्त हुनु मात्र पर्याप्त छैन, लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, पूर्वाधार विस्तार र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित नगरेसम्म कर्जा प्रवाह र आर्थिक गतिविधि दुवै सुस्त रहने जोखिम देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.