Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद बढ्यो कुल लगानी

Laxmi Sunrise Bank Limited
न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद बढ्यो कुल लगानी
Shivam Cement

काठमाण्डौ । सरकारको न्यून पूँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद पनि कुल लगानी बढेको छ । आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार आर्थिक वर्ष कुल लगानी १०.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो लगानी १५.६ प्रतिशतले बढेर रु.२१ खर्ब ७ अर्ब ९० करोड पुग्ने अनुमान छ । पछिल्लो दशक कुल लगानी कुल गार्हस्थ्य उत्पादनको औसत ३४.२६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष कुल स्थिर लगानी १८.६ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो लगानी १०.९ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको २३.५७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २६.२६ प्रतिशत पुग्ने अनुमान छ। पछिल्लो दशक कुल लगानी र कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत क्रमशः ३४.२६ प्रतिशत र २८.४५ प्रतिशत रहेको छ ।

Bizshala
New Office
CG Motors

निजी क्षेत्रको कुल स्थिर लगानीमा समेत उल्लेख्य वृद्धि भएको छ । कुल स्थिर लगानीमा निजी क्षेत्रको लगानी करिब तीन चौथाई रहेको छ । चालु आर्थिक वर्ष कुल स्थिर लगानी रु.१७ खर्ब ३३ अर्ब २३ करोड रहने अनुमान छ । कुल स्थिर लगानीमध्ये सरकारी (सार्वजनिक संस्थानसहित) र निजी लगानीको अंश क्रमशः २६.५ प्रतिशत र ७३.५ प्रतिशत अनुमान छ।

Garima Development Bank
Shivam Cement
Bizshala

गत आर्थिक वर्ष यस्तो अशं क्रमशः ४२.३ प्रतिशत र ५७.७ रहेको थियो। चालु आर्थिक वर्ष तीन तहका सरकारको पुँजीगत खर्च तुलनात्मक रुपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान छ । पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः ६८.३ प्रतिशत र ३१.७ प्रतिशत रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.