Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:55:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा

Laxmi Sunrise Bank Limited
बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा
Shivam Cement

काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही घण्टा बाँकी रहँदा देशभरका भन्सार नाकामा जाँचपास प्रक्रिया अस्थायी रूपमा रोकिएको छ ।  

बजेटमार्फत परिवर्तन हुन सक्ने कर, भन्सार महसुल र शुल्कका नयाँ दर लागू गर्नुपर्ने भएकाले सरकारले नियमित आयात–निर्यात प्रक्रिया केही समयका लागि स्थगित गरेको हो ।

Bizshala
New Office
CG Motors

भन्सार विभागले यसअघि नै सबै भन्सार कार्यालयलाई पत्राचार गर्दै बिहीबार रातिदेखि जाँचपास रोक्न निर्देशन दिएको थियो ।  

हरेक वर्षको बजेटअघि अपनाइने यो अभ्यासअनुसार नयाँ कर संरचना लागू नभएसम्म आयातित वस्तुको भन्सार जाँचपास रोकिने गर्दछ ।

भन्सार अधिकारीहरूका अनुसार बजेट भाषणपछि भन्सार दर, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कम्प्युटर प्रणालीमा अद्यावधिक गरिनेछ ।  

त्यसपछि मात्र जाँचपास प्रक्रिया पुनः सञ्चालन गरिनेछ ।

यसपटकको बजेटमा राजस्व संकलन बढाउने उद्देश्यसहित केही वस्तुमा भन्सार महसुल वृद्धि गर्ने तयारी रहेको स्रोतहरूको दाबी छ ।  

साथै अन्तःशुल्क लाग्ने वस्तुको दायरा पुनरावलोकन गर्दै केही वस्तुको सूची घटाउने र भ्याट छुट पाएका केही वस्तुमा पनि कर लगाउने तयारी भइरहेको बताइएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

विशेषगरी मदिरा, चुरोट तथा अन्य सूर्तीजन्य वस्तुमा कर बढ्ने सम्भावना बलियो रहेको छ ।

सार्वजनिक स्वास्थ्यलाई आधार बनाएर यस्ता स्वास्थ्यका लागि हानिकारक मानिएका उत्पादनमा थप कर लगाउने नीति सरकारले निरन्तर अपनाउँदै आएको छ ।

त्यस्तै विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी कर संरचनामा पनि केही फेरबदल हुन सक्ने चर्चा छ ।

विशेषगरी उच्च मूल्यका ईभीमा भन्सार तथा अन्य करको भार बढाउने विकल्पमाथि सरकार गम्भीर रहेको बुझिएको छ ।

व्यापारी तथा आयातकर्ताहरू भने बजेटअघिको यस्तो अवस्थालाई ‘पर्ख र हेर’ को स्थितिका रूपमा लिने गरेका छन् ।

 कर दरमा हुने परिवर्तनले प्रत्यक्ष रूपमा लागत र बजार मूल्यमा असर पार्ने भएकाले धेरै व्यवसायी बजेट घोषणाको प्रतीक्षामा रहेका छन् ।

हरेक वर्षझैँ यसपटक पनि बजेटले कुन वस्तु महँगो बनाउँछ, कुन क्षेत्रमा कर छुट दिन्छ र कुन उद्योगलाई प्रोत्साहन गर्छ भन्ने चासो व्यवसायी, उपभोक्ता र लगानीकर्तामाझ उच्च देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.