काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा मेयर सिंहलाई पक्राउ गरिएको हो। पक्राउ पुर्जी जारी भएपछि उनी एक दिन अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए।
यो प्रकरण स्थानीय बासिन्दा लियाकत अलीले दिएको जाहेरीपछि अगाडि बढेको हो। उनलाई नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । हाल मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

