Bizshala
  • मंगलवार, जेष्ठ १९,२०८३ 10:35:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरानद्वारा अमेरिका–मध्यस्थ वार्ता प्रक्रिया स्थगित, गाजा र लेबनानमा युद्धविराम नभएसम्म वार्ता नहुने चेतावनी

Laxmi Sunrise Bank Limited
इरानद्वारा अमेरिका–मध्यस्थ वार्ता प्रक्रिया स्थगित, गाजा र लेबनानमा युद्धविराम नभएसम्म वार्ता नहुने चेतावनी
Shivam Cement

काठमाण्डौं । इरानले लेबनानमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै अमेरिका–इरानबीच मध्यस्थकर्तामार्फत भइरहेको वार्ता प्रक्रिया स्थगित गरेको छ।  

इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार दुवै पक्षबीच भइरहेको मस्यौदा प्रस्ताव आदान–प्रदान समेत हालका लागि रोकिएको छ।

Bizshala
New Office
CG Motors

तेहरानले गाजा र लेबनानमा इजरायली सैन्य गतिविधि पूर्ण रूपमा रोक्नुपर्ने आफ्नो प्रमुख शर्त पूरा नभएसम्म कुनै पनि प्रकारको वार्ता अघि नबढाइने स्पष्ट अडान लिएको छ।  

इरानद्वारा जारी भनिएको विज्ञप्तिमा युद्धविराम उल्लङ्घन भइरहँदासम्म संवादको कुनै अर्थ नहुने उल्लेख गरिएको छ।

यसअघि इरान र अमेरिकाबीच अप्रिलमा भएको सशस्त्र तनावपछि अस्थायी युद्धविराम कायम गर्ने सहमति भएको थियो।  

तर, पछिल्ला दिनहरूमा लेबनानसहित विभिन्न क्षेत्रहरूमा युद्धविराम उल्लङ्घन भइरहेको आरोपसँगै इरानले वार्ता प्रक्रियाबाट पछि हटेको बताइएको छ।

यसैबीच इरान र उसका सहयोगी समूहहरूले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा नियन्त्रण वा अवरोध सिर्जना गर्ने सम्भावनासहित वैकल्पिक समुद्री मार्ग सक्रिय पार्ने विषयमा छलफल गरिरहेको विवरण पनि सार्वजनिक भएको छ।  

यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री व्यापारमा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।

इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत कुनै पनि स्थानमा युद्धविराम उल्लङ्घन हुनु सम्पूर्ण मोर्चामा द्वन्द्व बढ्नु सरह हुने टिप्पणी गरेका छन्।  

उनका अनुसार हालको परिस्थितिले शान्ति प्रयासलाई कमजोर बनाएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री अवरोध र इजरायलले लेबनानमा जारी राखेको सैन्य कारबाहीलाई युद्धविरामको स्पष्ट उल्लङ्घनका रूपमा व्याख्या गरेका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकी पक्षबाट प्रस्तुत “नयाँ र परस्पर विरोधाभासी” मागका कारण वार्ता प्रक्रिया रोकिएको जानकारी दिएका छन्।

यसअघि ४० दिन लामो संघर्षपछि अप्रिल ८ मा युद्धविराम भएको थियो।  

त्यसपछि अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा दुबै पक्षबीच शान्ति वार्ता भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन।

पछिल्ला हप्ताहरूमा पाकिस्तानको मध्यस्थतामार्फत दुवै पक्षबीच विभिन्न शान्ति प्रस्ताव आदान–प्रदान गर्दै समझदारी पत्र तयार पार्ने प्रयास भइरहेको थियो। तर हाल वार्ता अनिश्चित बनेको छ।

यसैबीच इजरायल र लेबनानबीच पनि अप्रिल मध्यतिर युद्धविराम भए पनि व्यवहारमा पूर्ण रूपमा पालना नभएको आरोप लगाइएको छ।  

इजरायलले लेबनानमा सैन्य कारबाही जारी राखेको छ भने हेजबुल्लाहले पनि प्रत्याक्रमण गरेको विवरण सार्वजनिक भएका छन्।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हेजबुल्लाहबीच लडाइँ रोक्ने सहमति भएको दाबी गर्दै हालको वार्ता अवरुद्ध भएको विषयबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.