Bizshala
  • मंगलवार, जेष्ठ १९,२०८३ 09:26:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वर्षा कम हुँदा तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने विभागको पूर्वानुमान

Laxmi Sunrise Bank Limited
वर्षा कम हुँदा तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने विभागको पूर्वानुमान
Shivam Cement

काठमाण्डौं । केही दिनदेखिको वर्षापछि मौसममा आएको शीतलता क्रमशः घट्दै जाँदा फेरि गर्मी बढ्न थालेको छ।

वर्षा गतिविधि कमजोर भएसँगै विशेषगरी तराईका केही भू–भागमा तापक्रम वृद्धि हुनुका साथै तातो लहरको प्रभाव देखिन थालेको हो।

Bizshala
New Office
CG Motors

यसअघि विभिन्न मौसमी प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा लगातार तीन दिनसम्म वर्षा भएको थियो।

वर्षाले केही समय तापक्रम नियन्त्रणमा राखे पनि अब मौसम क्रमशः खुल्न थालेसँगै गर्मी पुनः बढ्ने संकेत देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पछिल्ला तीन दिनको मौसम अभिलेखमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन।  

तर, अब वर्षा गतिविधि कमजोर बन्दै जाँदा तापक्रम विस्तारै बढ्ने र तराईका केही क्षेत्रमा तातो दिन तथा तातो लहरको सम्भावना बढ्ने अनुमान गरिएको छ।

विभागका अनुसार मंगलबार विशेषगरी मधे प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना छ।  

वर्षा न्यून हुँदा ती क्षेत्रमा गर्मीको प्रभाव बढी महसुस हुन सक्ने उनले बताएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

मौसम पूर्वानुमानअनुसार आज देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।  

साथै हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यस्तै, बुधबार पनि देशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

हाल नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहेकाले मौसममा आंशिक बदली तथा केही स्थानमा वर्षाको सम्भावना रहिरहने विभागले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.