Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 10:55:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुकेश अम्बानी एशियाली धनाढ्यको सूचीको तेस्रो स्थानमा झरे, चिनियाँ अरबपतिले उछिने

Laxmi Sunrise Bank Limited
मुकेश अम्बानी एशियाली धनाढ्यको सूचीको तेस्रो स्थानमा झरे, चिनियाँ अरबपतिले उछिने
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्तिमा गिरावट आएको छ । भारतीय सेयर बजारमा लगातार चार दिनको गिरावटपछि सुधार देखिए पनि रिलायन्स इन्डस्ट्रिजको सेयरमा आएको गिरावटका कारण अम्बानीको सम्पत्ति घटेको हो । यससँगै उनी एशियामा दोस्रोबाट तेस्रो स्थानमा खस्किएका छन्।

ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार, अम्बानीको सम्पत्ति करिब ४९ करोड अमेरिकी डलरले घट्दै अब ८६.९ अर्ब डलरमा झरेको छ। यस गिरावटसँगै उनी विश्वका अर्बपतिहरूको सूचीमा चार स्थान तल झर्दै २५औँ स्थानमा पुगेका छन्।

Bizshala
New Office
CG Motors

यस वर्ष मात्र अम्बानीको कुल सम्पत्तिमा करिब २०.८ अर्ब डलरको गिरावट देखिएको छ।

चीनको बाइटडान्स कम्पनीका सह–संस्थापक झाङ यिमिङले सम्पत्तिमा ठूलो वृद्धि गर्दै अम्बानीलाई पछि पारेका हुन्। बाइटडान्सले लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटक सञ्चालन गर्दछ।

हाल झाङ यिमिङको कुल सम्पत्ति करिब ९२.८ अर्ब डलर पुगेको छ, जसले उनलाई एशियामा दोस्रो स्थानमा पुर्याएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

एशियाली धनाढ्यको सूचीमा भारतीय उद्योगपति गौतम अडानी एशियाका शीर्ष स्थानमा कायम छन्। उनको सम्पत्ति करिब ११७ अर्ब डलर पुगेको छ र उनी विश्व सूचीमा १७औँ स्थानमा छन्।

विश्वको शीर्ष स्थानमा टेस्लाका एलन मस्क करिब ७२६ अर्ब डलर सम्पत्तिसहित अग्रस्थानमा रहेका छन्। त्यसपछि ल्यारी पेज, ल्यारी एलिसन, सर्गेई ब्रिन र जेफ बेजोस लगायतका प्रविधि तथा व्यापार क्षेत्रका दिग्गजहरू शीर्ष १० सूचीमा परेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.