बुधबार, असार १८,२०८२ 11:21:55
  • बुधबार, असार १८,२०८२ 11:21:55
Global IME Bank Limited

एप्पलद्वारा प्रयोगकर्ताको ७ बिलियन डलर ठगी हुनबाट बचाएको दाबी,१७ लाख एप्स रिजेक्ट

Hyundai Nepal
एप्पलद्वारा प्रयोगकर्ताको ७ बिलियन डलर ठगी हुनबाट बचाएको दाबी,१७ लाख एप्स रिजेक्ट
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताहरुको ७ बिलियन डलर ठगी हुनबाट बचाएको जनाएको छ । कम्पनीले ‘चौथो वार्षिक ठगी रोकथाम विष्लेशण’ सार्वजनिक गर्दै सन् २०२० देखि २०२३ को बीचमा साइबर ठगी कारोबारलाई रोकेर प्रयोगकर्ताहरुको ७ बिलियन डलर जोगाएको जनाएको हो ।  

यसमा सन् २०२३ मा मात्रै कम्पनीले १.८ बिलियन डलर ठगी हुनबाट रोकेको दाबी गरेको छ । कम्पनीले अहिलेसम्म चोरी भएका १४ मिलियन क्रेडिट कार्ड ब्लक गरिसकेको र यी कार्ड प्रयोग गर्ने ३.३ मिलियन अकाउन्ट रोक्का गरिएको जनाएको छ ।  

कम्पनीले सन् २०२३ मा मात्रै ३.५ मिलियन चोरीको क्रेडिट कार्डबाट हुने फर्जी सपिङ रोकेको उल्लेख गरेको छ । यो अवधिमा कम्पनीले चोरी गरेको कार्डबाट खरिद गर्ने प्रयास गर्ने १.१ मिलियन यस्ता अकाउन्टमा प्रतिबन्ध लगाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

एप्पलको वार्षिक प्रतिवेदनका अनुसार कम्पनीको नियमले प्रयोगकर्तालाई ठगी गर्ने एप्सहरुबाट बचाउने गर्छ । कम्पनीले सन् २०२३ मा १.७ मिलियन भन्दा बढी ऐपको सब्मिसनलाई रिजेक्ट गरेको जनाएको छ । ती एपहरुले एप्पल एप्प स्टोरको मापदण्ड पुरा नगरेकाले ती एपहरुलाई अस्विकार गरिएको एप्पलले उल्लेख गरेको छ ।  

यस्तै एप्पलले सन् २०२३ मा करिब ३७४ मिलियन डेभलपर्स एण्ड कस्टमर अकाउन्टलाई टर्मिनेट गरेको छ । कम्पनीले यसबीचमा १ लाख १८ हजार डेभलपर्स अकान्टलाई ठगीवाला एप बनाउन नसकोस् भन्ने उदेश्यले ब्लक गरेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.