बुधबार, असार १८,२०८२ 06:43:26
  • बुधबार, असार १८,२०८२ 06:43:26
Global IME Bank Limited

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।  

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते बिहिबारका दिन डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने,पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने,कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एंव निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।  

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर  ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.