बुधबार, असार १८,२०८२ 12:11:38
  • बुधबार, असार १८,२०८२ 12:11:38
Global IME Bank Limited

यो साता बजारमा सामन्य वृद्धि, नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी ’

Hyundai Nepal
यो साता बजारमा सामन्य वृद्धि, नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी ’
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७५५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७६६.३८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १०.७६ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजार १८७ अंकले बढेको थियो ।  

भोटो जात्राको कारण बजार आइतबार बन्द रहेको थियो । साताको ४ कारोबार दिनमा ३ दिन बजार बढ्यो भने १ दिन मात्रै घट्यो । यो साताको ४ दिन कारोबारमा ८३ अर्बको कारोबार भयो । अघिल्लो साताको पाँच दिन कारोबारमा करिब ९६ अर्बको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४३.९१  अर्ब रुपैयाँ पुग्यो । यस्तो बजार पू्ँजीकरण अघिल्लो साता ४३.७२ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से बढ्दा १९ खर्बले बजार पूँजीकरण बढेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्ती क्याण्डललाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती क्याण्डल अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

क्याण्डल स्टिकको आधारमा बजारलाई साप्ताहिक रुपमा हेर्दा ड्रागन फ्लाई डोजी बनेको छ । यसले ट्रेन्ड रिभर्स हुँदै गरेको संकेत गर्छ । सामान्यतयाः यदि घट्दो बजारमा राता क्याण्डल पछि यस्तो आकृति देखा पर्छ भने बजार माथि जाने संकेत गर्छ । तर लामो समयको बढ्दो बजारमा यदि हरिया क्याँडल पछि यस्तो आकृति बन्छ भने बजारले करेक्सन लिन सक्ने बुझिन्छ । यद्यपी यस्ता क्याण्डल भ्यालिड र इन्भ्यालिड दुवै हुन सक्छन् । यदि आगामी दिनमा यो साता २७५५ विन्दुमा बन्द भएको बजारले यस क्याण्डलको उच्च विन्दु २८१५ भन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । तर त्यसो हुन नसकेर यो साताको क्याण्डलको न्यून विन्दु भन्दा तल जान्छ  भने यो क्याण्डल भ्यालिड हुन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

इचिमोकूको आधारमा  

इचिमोकूको आधारमा बजार बुलिस नै रहेको छ । मूल्य रेखाहरु बेस लाइन र कन्भर्जन लाइन भन्दा माथि-माथि चलेका छन् । क्लाउड पोजिसन पनि हरियो बनेको छ भने लिड १ र लिड २ फराकिलो बन्दै गएको छ । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि अप ट्रेन्डमा नै रहेको छ । इचिमोकूको आधारमा बजार बुलिस रहेको देखिन्छ ।  

मुभिङग एभरेजको आधारमा  

मुभिङ एभरेजलाई अर्को शब्दमा रोलिङ्ग एभरेज वा रनिङ एभरेज पनि भनिन्छ । प्राविधिक विश्लेषणको यो विधि सेयर डेरिभेटिभ तथा विदेशी मूद्रा कारोबारमा उत्तिकै प्रयोगमा आउछ । मुभिङ्ग एभरेज भनेको निश्चित तथ्यांकको एउटा औषत समूह बनाएर प्रस्तुत गरेको रेखालाई बुझिन्छ । विशेष गरि यस्तो तथ्यांक १०,२०, ४०,५० तथा २०० दिने बनाउने गरिन्छ । बजारमा छोटो समयको उतारचढाव हेर्न छोटो नै र लामो समयको उतारचढाव हेर्न लामो समयको तथ्यांकको समूह बनाएर औषत तथ्यांक बनाइन्छ ।

मुभिङ्ग एभरेज खासगरि टेवा र अवरोध पत्ता लगाउन प्रयोग गरिन्छ । घट्दो बजारमा मूल्य रेखा मुभिङ एभरेजको रेखा भन्दा तल झर्छ भने बढ्दो बजारमा मूल्य रेखा मुभिङ्ग एभरेजको रेखा भन्दा माथि रहने गर्छ । अर्थात बढ्दो बजारमा यसले टेवा र घट्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ ।  

यो साता ५ दिने मुभिङ्ग एभरेज भन्दा माथि बजार बसेको छ । अर्थात बजार २७६६ विन्दुमा बन्द भएको छ । यदि बजार आगामी कारोबारमा २७४५ विन्दु भन्दा तल खसेमा बजारले करेक्न लिने छ । अन्यथा बजार अप ट्रेन्डमा नै चल्ने छ ।

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३०३७

प्रतिरोध २ –२९२१

प्रतिरोध १– २८३८

पिभट प्वइन्टः २७२२

घटेमा सपोर्ट  

सपोर्ट १– २६१९

सपोर्ट २– २५३३

सपोर्ट  ३ –२४४०

निष्कर्षः  अघिल्लो साता १८७ अंकले बढेको बजारमा यो साता  १० अंकको बढोत्तरी आयो । बजार बढ्दा दैनिक औषत कारोबार भने बढेको नै देखिन्छ । यो साता बजारमा उच्च अंकले उतारचढाव पनि देखियो । मंगलबार १४५ अंकले घटेको बजारमा बुधबार १०८ अंकको सुधार आयो । लगातार पाँच साता ठूलो अंकले बढेको बजार यो साता सामान्य अंकले बढ्यो । प्राविधिक रुपमा हेर्दा यो साता बजारले ड्रागन फ्लाइ डोजि प्रकृतिको क्याण्डल बनाएको देखिन्छ । यदि आगामी दिनमा बजारले यो क्याण्डलाइ इन्भालिड गरेको खण्डमा बजार अझै केही समय माथि नै जाने छ । तर भ्यालिड भएको खण्डमा भने बजारमा केही समय अल्पकालिन करेक्नसन हुन सक्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.