बिहीबार, असार १९,२०८२ 02:27:19
  • बिहीबार, असार १९,२०८२ 02:27:19
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब नाघ्यो, खुद नाफा झण्डै १००% ले बढ्यो

Hyundai Nepal
चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब नाघ्यो, खुद नाफा झण्डै १००% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ । कम्पनी गत आवको अन्त्यसम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बढी हो ।  

यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले ११ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनी खर्च नियन्त्रण गर्न भने असफल भएको छ । कम्पनीको कुल खर्च २९.३६ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ७७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ ।  

कम्पनीको रिजर्भको आकार ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । १ अर्ब ९३ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ८५ लाख र कुल चालु दायित्व १६ करोड २ लाख रुपैयाँ रहेको छ ।  

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य सुधार आएको छ । कम्पनीको ईपीएस ७.३० रुपैयाँबाट बढेर १४.५६ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.२५ रुपैयाँ र पीई रेसियो ६२.३६ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.