आईतवार, असार २९,२०८२ 05:15:42
  • आईतवार, असार २९,२०८२ 05:15:42
Global IME Bank Limited

एक वर्षमा विद्यार्थीले लगे विदेश १ खर्ब २५ अर्ब

Hyundai Nepal
एक वर्षमा विद्यार्थीले लगे विदेश १ खर्ब २५ अर्ब
Shivam Cement

काठमाण्डौ। नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पढ्न र भ्रमणमा धेरै देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ।

नेपालबाट विदेश घुम्न जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन्। अघिल्लो आव २०७९/८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो। जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो। उक्त आर्थिक वर्ष घुम्न जानेले ४४ अर्ब रुपैयाँ खर्च गरेका जनाइएको छ।

Muktinath Bikas Bank Limited

एक वर्षमा विदेशी पर्यटकबाट भने नेपालले ८२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६२ अर्ब ३० करोड रुपैयाँ थियो।

यस्तै, खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिएको छ। नेपाल भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुँदा सेवा आय घाटामा रहेको तर, सेवा आय घाटा भने कम भएको बताइएको छ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.