आईतवार, असार २९,२०८२ 05:28:07
  • आईतवार, असार २९,२०८२ 05:28:07
Global IME Bank Limited

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

Hyundai Nepal
एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट
Shivam Cement

काठमाण्डौ। नयाँ बानेश्वरस्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैङ्किङ तथा सेवाहरु सुचारु गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुदघाटन गरेको उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा प्रदान गराउने प्रतिबद्दता व्यक्त गरे।

Muktinath Bikas Bank Limited

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार” को सुभारम्भ गरेको छ। उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात संगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ ए.टि.एम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्ए.म् एस् बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.