आईतवार, जेष्ठ १७,२०८३ 02:57:10
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 02:57:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड

Laxmi Sunrise Bank Limited
विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड
Shivam Cement

काठमाण्डौ । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक गरेको छ । म्यागेजिनले विश्वका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड प्रदान गर्दै ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४’सार्वजनिक गरेको हो ।  

गभर्नरहरुलाई उत्कृष्ठताका आधारमा ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेड प्रदान  गरिएको छ । ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि वार्षिक रुपमा प्रकाशन गर्न थालिएको थियो । जसमा विश्वका १०० प्रमुख देशका केन्द्रीय बैंक, विभिन्न क्षेत्र, युरोपेली युनियन,इस्टर्न क्यारिबयन सेन्ट्रल बैंक,बैंक अफ सेन्ट्रल अफ्रिकन स्टेट र सेन्ट्रल बैंक अफ अफ्रिकन स्टेटका गभर्नरहरुलाई ग्रेड प्रदान गर्ने गरिन्छ ।  

Bizshala
New Office
CG Motors

गभर्नरहरुलाई मुद्रास्फिती नियन्त्रण, आर्थिक वृद्धिको लक्ष्य,मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनका आधारमा ए प्लसदेखि एफसम्म ग्रेड प्रदान गरिन्छ । ग्रेडअनुसार ए भनेको उत्कृष्ठ प्रदर्शन गर्ने र एफ भनेको असफल भएको मानिने गर्छ ।  

‘विश्वका केन्द्रीय बैंकहरु विगतका केही वर्षदेखि उच्च ब्याजदरको हतियार प्रयोग गरेर मुद्रास्फितीसँगको लडाईमा होमिएका छन् । जसको परिणाम देखिन थालेको छ । अहिले मुद्रास्फिती घटिरहेको छ,’ ग्लोबल फाइनान्सका संस्थापक तथा सम्पादक जोसेफ गियारापुटोले बताए ।  

ग्लोबल फाइनान्सका अनुसार डेनमार्कको केन्द्रीय बैंकका गभर्नर क्रिष्टियन केटल थोम्सेन, भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास र स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोम्सन जोर्डनले ए प्लस अर्थात उच्च ग्रेड पाएका छन् ।  

यस्तै ब्राजिकका गभर्नर रोबर्टो काम्पोस नेटो, चिलिका रोस्साना कोस्टा,मौरिससका हर्भेस कुमार सिगोलाम,मोरेक्कोका अब्देलातिफ जौआरी, दक्षिण अफ्रिकाका लेसेत्जा ग्याङग्यो,,श्रीलंकाका नन्दलाल विरासिङ्गे र भियतनामका एनगुएन थी होङले ए ग्रेड पाएका छन् ।  

अमेरिकी केन्द्रीय बैंकका गभर्नर जेरेमी हेडेन पावेलले भने ए माइनस ग्रेड प्राप्त गरेका छन् । कम्बोडिया, क्यानडा, कोस्टारिका, डोमिनिकन रिपब्लिक, युरोपियन युनियन, ग्वाटेमाला,इन्डोनेशिया, जमैका,जोर्डन,मंगोलिया,नर्वे,पेरु,फिलिपिन्स र स्वीडेनको केन्द्रीय बैंकका गभर्नरहरुले ए माइनस ग्रेड पाएका छन् ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.