Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफा ६३.७३% ले बढ्यो,ईपीएसमा उल्लेख्य सुधार

Laxmi Sunrise Bank Limited
हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफा ६३.७३% ले बढ्यो,ईपीएसमा उल्लेख्य सुधार
Shivam Cement

काठमाण्डौ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६३.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्र्रमाससम्म कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ थियो ।  

Bizshala
New Office
CG Motors

नाफाका साथै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले यो अवधिसम्म ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ३८ करोड ८४ लाखको तुलनामा २७.५२ प्रतिशतले धेरै हो ।  

कम्पनीको कुल आम्दानी ९.२० प्रतिशतले बढ्दै ८० करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २१ करोड ४५ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३१ करोड ९१ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो । कम्पनी ११.७२ प्रतिशतले खर्च घटाउन सफल भएको छ । कम्पनीको कुल खर्च ५० करोड ९७ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीके रिटेन्ड अर्निङ पनि बढेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ । महाविपत्ती कोषको आकार ५ करोड ७० लाखबाट बढेर ६ करोड १६  लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार १ अर्ब ५० करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.७८ बाट बढेर १६.०३ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.८५ रुपैयाँ,पिई अनुपात ४०.१० गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१४.०९ रुपैयाँ कायम भएको छ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.