आईतवार, जेष्ठ १७,२०८३ 06:42:40
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 06:42:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विपदमा परेकालाई साथ दिन सिटिजन्स सधैं अगाडि, बाढीपहिरो पीडितका लागि २५ लाखको चेक हस्तान्तरण

Laxmi Sunrise Bank Limited
विपदमा परेकालाई साथ दिन सिटिजन्स सधैं अगाडि, बाढीपहिरो पीडितका लागि २५ लाखको चेक हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहातको उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।  

शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले रु २५ लाखको चेक हस्तान्तरण गरेका हुन् । 

Bizshala
New Office
CG Motors

समाहरोमा  सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारी लगायतको उपस्थिति थियो ।  

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित  सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. १ करोड  प्रदान गरेको  थियो  र कर्णाली प्रदेशको जाजरकोटमा मिति २०८०।०७।१७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा रु २५ लाखको सहयोग प्रदान गरेको थियोे ।  

बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.