बुधबार, असार १८,२०८२ 10:50:25
  • बुधबार, असार १८,२०८२ 10:50:25
Global IME Bank Limited

नेप्सेमा ३०.५६ अंकको गिरावट,मौद्रिक नीतिको समीक्षा लगत्तै किन घट्यो बजार ?

Hyundai Nepal
नेप्सेमा ३०.५६ अंकको गिरावट,मौद्रिक नीतिको समीक्षा लगत्तै किन घट्यो बजार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.५६ अंक अर्थात १.४५ प्रतिशतले घटेर २ हजार ७०.५९ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ३६९.९९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन,‘लगानीकर्ताले राष्ट्र बैंकको मौद्रिक समीक्षाबाट अलि बढी आशा राखेका कारण आज बजार घट्न पुगेको छ । यो बेमौसमी अपेक्षा थियो । खासमा केहि नीतिगत फेरबदल भएको छैन ।’

बजार बढ्छ भनेर सेयर खरिद गरेका लगानीकर्ताहरुले सेयर बिक्री गर्दा सेयर बजारमा गिरावट आएको उनले बताए ।  

अर्का बजार जानकार अर्जुन थापा भन्छन्,‘राष्ट्र बैंकप्रति लगानीकर्ताको विश्वास नभएका कारण बजार  घटेको हो । राष्ट्र बैंकले सेयर बजारका लगानीकर्तालाई कुनै सुविधा दिएन । अहिले मन्दीका कारण मानिसहरुसँग पैसाको अभाव छ ।’

बैंकहरुबाट सहजै कर्जा लिन सक्ने अवस्था पनि नरहेको र अल्पकालिन लगानीकर्ता हाबी हुँदा बजार घटेको थापा बताउँछन् ।    

यो दिन नेप्सेमा सूचीकृत सबै १३ वटा समूहमा रातो पोतियो । आज सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा देखियो । विकास बैंक समूह २.४० प्रतिशतले घटेको आज बैंकिङ १.०९,वित्त २.२०,होटल १.८०,हाईड्रो ०.५८,लगानी २.०६,जीवन बीमा १.७५,उत्पादन तथा प्रशोधन १.०३,लघुवित्त १.५५, म्युचुअल फण्ड ०.७०,निर्जीवन बीमा १.८० र अन्य समूह २.२७ प्रतिशतले घटे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ३२ करोड ५० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो दिन सोनापुर मिनरल्सको ११ करोड ९२ लाख सानिमा मिडिल तमोरको १० करोड,सगरमाथा जलविद्युत कम्पनीको ९ करोड ३१ लाख र जोशी हाईड्रोपावरको ८ करोड ६६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सक्रिट लागेको छ ।  आज बोटलर्स नेपाल(बालाजु),समाज लघुवित्त र सुपर माई हाईड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै,जोशी हाईड्रोको सेयरमूल्य ८.३३ र डोल्टी पावरको सेयरमूल्य ७.५० प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.