बुधबार, असार १८,२०८२ 01:05:25
  • बुधबार, असार १८,२०८२ 01:05:25
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘लगानीको विकल्प नहुँदा बजारमै फर्किए लगानीकर्ता’

Hyundai Nepal
नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘लगानीको विकल्प नहुँदा बजारमै फर्किए लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नैप्से परिसूचक ५.९१ अंक अर्थात ०.२८ प्रतिशतले बढेर २ हजार ७६.५० बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६१ प्रतिशतले बढेर ३७२.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,‘ हिजो मौद्रिक नीतिको समीक्षा अपेक्षा अनुसार नआउदा बजार घटेको थियो । तर आज लगानीका अन्य विकल्प नभएका कारण र सेयरमूल्य पनि सस्तो भएका कारण बजार पुन सम्हालिएको छ ।’

यद्यपी राष्ट्र बैंकले नीतिमा हेरफेर गर्न आवश्यक रहेको र अर्थमन्त्रीले पनि आफ्ना अभिव्यक्तिहरु सुधार्नु पर्ने पाठक बताउँछन् ।  

अर्का बजार जानकार दामोदर गजुरेलले हिजो घटेको बजार आज घट्न रोकिएको बताउँछन् । ‘बजारमा सेक्टर रोटेसन हुँदै चलेको देखिन्छ । आज फाइनान्स र विकास बैंकममा  चमक देखियो । होटलमा पनि सम्भावना देखिन्छ र हाईड्रो पनि घट्न मानेको छैन ।’  उनले भने ।  

प्राविधिक रुपमा पनि बजार २ हजार ६० देखि २ हजार ८० मा बलियो सर्पोट देखिने उनले बताए । उनका अनुसार आज कारोबार ४ अर्ब माथि भएका कारण आज बनेको डोजी क्यान्डलले बजार थामिएको संकेत गरेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा बढी उछाल आएको छ । वित्त समूह ६.५६ प्रतिशतले बढेको आज विकास बैंक २.३८,उत्पादन तथा प्रशोधन ०.१०, लघुवित्त ०.३४,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा ०.४० र अन्य समूह १.०७ प्रतिशतले बढे ।

आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह ०.३७ प्रतिशतले घट्यो । त्यस्तै बैंकिङ समूह ०.१८,होटल ०.१३,लगानी ०.२१ र जीवन बीमा समूह ०.२७ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १७ करोड १७ लाख बढीको सेयर कारोबार भएको छ ।  

यसैगरी,गोर्खाज फाइनान्सको १२ करोड ५९ लाख,प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको ११ करोड ६४ लाख,जोशी हाईड्रोपावरको १० करोड ९४ लाख र नेपाल फाइनान्सको १० करोड ७० लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशत,बोटलर्स नेपाल(बालाजु) १० प्रतिशत,पाचथर पावर कम्पनी १० प्रतिशत, समाज लघुवित्त ९.९९ र जोशी हाईड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो ।  

श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य ८.७६ प्रतिशत,समृद्धि फाइनान्सको ८.५५,वेष्ट फाइनान्सको ८.३९ र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ८.१० प्रतिशतले बढ्यो ।  

आज पिपुल्स पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.८१ प्रतिशतको गिरावट आएको छ । यो दिन दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.२०,कुथेली बुखरी स्मल हाईड्रोपावरको ४.८२ र गुराँस लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.