बिहीबार, असार १९,२०८२ 02:54:31
  • बिहीबार, असार १९,२०८२ 02:54:31
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको नाफा १९.४५% ले वृद्धि, खर्च घटाउन पनि सफल

Hyundai Nepal
चन्द्रागिरी हिल्सको नाफा १९.४५% ले वृद्धि, खर्च घटाउन पनि सफल
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यसरी कम्पनी १९.४५ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।  

यो अवधिमा कम्पनीको आम्दानी भने ४.९९ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २० करोड ६१ लाख रुपैयाँबराबरको रहेको आम्दानी घटेर १९ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

७ लाख ५४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीको कुल खर्च भने घटेको छ । कम्पनीले कुल खर्च ४.०५ प्रतिशतले घटाएर ७ करोड ५ लाख रुपैयाँमा झारेको छ । यसका साथै कम्पनीले वित्त खर्च समेत कम गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ११ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ९ करोड ९८ लाख रुपैयाँमा खुम्चिएको छ ।  

कम्पनीको रिजर्भ कोषको आकार भने ४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । २७ करोड १८ लाख रुपैयाँबराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व भने ८ करोड ४३ लाख रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९७.०६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५.९० रुपैयाँ, पीई अनुपात ५६९.६५ गुणा र तरलता अनुपात ३.२२ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.