बुधबार, असार १८,२०८२ 12:21:58
  • बुधबार, असार १८,२०८२ 12:21:58
Global IME Bank Limited

इलन मस्क र केपी ओलीबीच भर्चुअल वार्ता, स्याटेलाइट इन्टरनेट सुरु हुनसक्ने

Hyundai Nepal
इलन मस्क र केपी ओलीबीच भर्चुअल वार्ता, स्याटेलाइट इन्टरनेट सुरु हुनसक्ने
Nabil Bank Limited

काठमाण्डौ । विश्वकै धनाढ्य तथा डलर अर्बपति इलन मस्कले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा सुचारु गर्ने विषयमा सकारात्मक देखिएका छन् ।  

मस्कको चासो बढेकै कारण विभिन्न एजेन्सीहरुको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मस्कको भर्चुअल वार्ता शुक्रबार सम्भव भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

 अमेरिकी राष्टपति डोनल्ड टम्पको विशेष टिममा समेत सहभागी भएका अमेरिकन खर्बपति, टेस्ला, एक्स जस्ता दिग्गज कम्पनीका मालिक मस्कसँग ओलीले वार्ता गरेका हुन् ।  

ओलीले शुक्रबार साँझ मस्कसँग कुराकानी भएको विषयमा आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन्।

मस्कको कम्पनी स्टारलिंकले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा विस्तार गर्ने चासो दिएको छ । 

सरकारी प्रतिनिधिहरुका अनुसार यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा इन्टरनेट सेवा विस्तारका लागि आफूहरु इच्छुक रहेको बताएकी थिइन् । यही विषयलाई अगाडि बढाउने क्रममा प्रधानमन्त्रीसँग मस्ककै सोझै वार्ता भएको हो ।  

वार्तामा प्रस्तुत भएका अजेण्डा तथा ओली र मस्कबीच भएको सहमति लगायतका विषयमा भने कुनै पनि कुरा खुलाइएको छैन।  

मस्कको स्टारलिंकका विश्वका ६० भन्दा धेरै देशमा गरी २७ लाख प्रयोगकर्ता छन् । सो कम्पनी भारतमा भने औपचारिक रुपमै भित्रिसकेको छ । सेवा विस्तार सहज हुने भएकाले कम्पनीले नेपाललाई समेत चासोका साथ प्राथमिकतामा राखेको विज्ञ बताउँछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.