बजारमा नगद परिचालन १.३३% ले बढ्यो, सरकारी कोष पनि वृद्धि
काठमाण्डौ । बजारमा नगद परिचालन १.३३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक विवरणअनुसार पुस महिनासम्ममा बजारमा ७ खर्ब ६० अर्ब १० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो । पुस महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ खर्ब...

