कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको नाफा ४५८२२ प्रतिशतले बढेको छ । बैंकले यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि बढेको छ । बैंकले ११ अर्ब ५५ करोड...

