मंगलवार, पुष ८,२०८२ 06:12:51
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 06:12:51
अघिल्लो आवमा घाटामा रहेको अपर हेवाखोलाले कमायो ४.४६ करोड नाफा, रिटेन्ड अर्निङमा ५८४.४२% ले बढ्यो
Capital Market

अघिल्लो आवमा घाटामा रहेको अपर हेवाखोलाले कमायो ४.४६ करोड नाफा, रिटेन्ड अर्निङमा ५८४.४२% ले बढ्यो

काठमाण्डौ । बाढीले क्षतिग्रस्त आयोजना पुनः निर्माण कार्य सम्पन्न भएसँगै अपर हेवाखोला हाईड्रोपावर कम्पनी नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८ लाख ५२ हजार घाटामा थियो ।  

९६.०७% ले बढ्यो शिवम् सिमेन्टको नाफा
Capital Market

९६.०७% ले बढ्यो शिवम् सिमेन्टको नाफा

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९६.०७ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  यद्यपी कम्पनीले बिक्री आम्दानी भने १०.०१ प्रतिशतले घटेको...

आम्दानी बढेसँगै न्यादी हाईड्रोपावरको घाटामा कमी
Capital Market

आम्दानी बढेसँगै न्यादी हाईड्रोपावरको घाटामा कमी

काठमाण्डौ ।  आम्दानी बढेसँगै न्यादी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ७१.६२ प्रतिशतले घाटा कम गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको घाटा ४ करोड २९ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा १५ करोड ११ लाख थियो ।  यस्तै अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी...

चिलिमे जलविद्युतको आम्दानी र नाफामा सामान्य वृद्धि
Capital Market

चिलिमे जलविद्युतको आम्दानी र नाफामा सामान्य वृद्धि

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ८२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड २५ लाख आर्जन गरेको थियो ।  कम्पनीको आम्दानी बढेसँगै नाफा समेत बढेको छ । अघिल्लो आवमा...

मध्य भोटेकोशी जलविद्युत २.७४ करोड घाटामा
Capital Market

मध्य भोटेकोशी जलविद्युत २.७४ करोड घाटामा

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ३१ लाख घाटामा थियो ।  कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनैपनि आम्दानी गर्न सकेको छैन । 

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा २३% को बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा २३% को बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीको खुद नाफा ५ करोड ९८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.७५...

सिईडिबी  होल्डिङ्सको नाफा ३२७% ले बढ्यो, ईपीएस ४५.५१ रुपैयाँ
Capital Market

सिईडिबी होल्डिङ्सको नाफा ३२७% ले बढ्यो, ईपीएस ४५.५१ रुपैयाँ

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडको नाफा ३२७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ३८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम...

लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.२४ खर्ब लोन, कुनबाट कति ?
Capital Market

लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.२४ खर्ब लोन, कुनबाट कति ?

काठमाण्डौं । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्बभन्दा बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ९ महिनासम्म अर्थात् तेस्रो त्रैमाससम्म लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब २४ अर्ब ९ करोड रुपैयाँ बराबरको लोन लिएका हुन् ।  यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४४ प्रतिशत बढी...

जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान
Capital Market

जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आधारहीन आरोप लगाएका उर्जा उत्पादकहरुलाई अन्ततः आफ्नै बोली गलपासो बन्न थालेको छ ।  सेबोन अध्यक्षले बिचौलियाहरु खटाएर आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुबाट ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको संगीन आरोप लगाएका केही उर्जा उत्पादकहरु आफ्नै बोलीका कारण फस्ने परिस्थिति निर्माण भएको बुझिएको छ ।...

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम भएको छ ।  

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%
Capital Market

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%

काठमाण्डौ । नेपालको पूँजीबजारमा अहिले लगानीकर्ताहरुको संख्या ६८ लाख माथि पुगेको छ । सीडीएससीको तथ्यांक अनुसार सात प्रदेशमध्ये बागमति प्रदेशमा सबै भन्दा धेरै लगानीकर्ता रहेका छन् । बागमति प्रदेशमा २४ लाख ८० हजार ३९५ लगानीकर्ता छन् ।  

आम्दानी ९९०६% ले बढेपनि ईङवा हाईड्रोपावर २.९५ करोड घाटामा, यस्तो छ कारण
Capital Market

आम्दानी ९९०६% ले बढेपनि ईङवा हाईड्रोपावर २.९५ करोड घाटामा, यस्तो छ कारण

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । विद्युत बिक्री आम्दानीमा उछाल आएतापनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनी चालुको तेस्रो त्रैमाससम्म घाटामा गएको हो ।  कम्पनी यो अवधिसम्म २ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ८ लाख बढी मुनाफा आर्जन गरेको थियो ।  

भारतीय सेयर  बजारमा यो वर्षकै उच्च वृद्धि
Capital Market

भारतीय सेयर बजारमा यो वर्षकै उच्च वृद्धि

काठमाण्डौ । भारत–पाकिस्तानबीचको युद्धविरामको प्रभाव स्वरुप आज भारतीय बजारमा उच्च वृद्धि देखिएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स ३.५० प्रतिशत अर्थात २ हजार ७८१ अंकले बढेको छ ।  यससँगै सेन्सेक्स इनडेक्स ८२ हजार २३५ विन्दुमा पुगेको छ । यो वृद्धि यस वर्षको सेन्सेक्सको हालसम्मकै उच्च हो । यसअघि सेन्सेक्स गत अप्रिल १५ मा २.१० प्रतिशत अर्थात १ हजार ५७७ अंकले बढेको...

प्रभु क्यापिटलले खुलामुखी योजना ल्याउँदै, साना लगानीकर्ताको हातमा इकाई पुर्याउन एसआइपी सञ्चालन गर्ने
Capital Market

प्रभु क्यापिटलले खुलामुखी योजना ल्याउँदै, साना लगानीकर्ताको हातमा इकाई पुर्याउन एसआइपी सञ्चालन गर्ने

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फण्ड सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ ।  कम्पनीले गत चैत २७ गते ४० करोड रुपैयाँ बराबरको खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न अनुमति पाएको हो । क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरको ४ करोड इकाई भएको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम योजना जारी गर्न स्वीकृति पाएको...

विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो
Capital Market

विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो

काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रो पावर कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले आज चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म...

भारतसँगको तनाव साम्य भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल
Capital Market

भारतसँगको तनाव साम्य भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल

काठमाण्डौ । भारत र पाकिस्तानबीचको युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा भारी वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क इन्डेक्स केएसई१०० प्रारम्भिक कारोबारमा करिब ९ प्रतिशतले उकालो लागेको थियो।  गत साता भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेपछि पाकिस्तानको सेयर बजारमा निकै आतंक मच्चिएको थियो र एक घण्टाको लागि कारोबार बन्द गर्नुपरेको थियो ।

बुलिस सेन्टिमेन्टमा चलेको बुटवल पावरको सेयर भाउ कतिसम्म पुग्ला ?
Capital Market

बुलिस सेन्टिमेन्टमा चलेको बुटवल पावरको सेयर भाउ कतिसम्म पुग्ला ?

काठमाण्डौ । बुटवल पावर कम्पनी नप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरु मध्ये एक पब्लिक प्राइभेट पार्टनसिपमा सञ्चालित कम्पनी हो । यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीको रुपमा स्थापित भएर १९९३ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।  त्यसै गरि सन् २००३ मा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । कम्पनीले काबेली ‘ए’ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट , न्यादी हाइड्रो पावर लिमिटेड...

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि
Capital Market

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी आएको सुधारका कारण नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको यो रकम अघिल्लो आवको तुलनामा ९३.६८ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

दोर्दी खोला जलविद्युत ३३% ले घाटा कम गर्न सफल, कुन वित्तीय सूचकको अवस्था कस्तो ?
Capital Market

दोर्दी खोला जलविद्युत ३३% ले घाटा कम गर्न सफल, कुन वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको घाटामा ३३.२३ प्रतिशतको कमी आएको छ  । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ८९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले खुद घाटा ५ करोड ८२ लाख रुपैयाँ थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.४४ प्रतिशतले...

ङादी ग्रुप पावरको नाफा १९% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत १०% को गिरावट
Capital Market

ङादी ग्रुप पावरको नाफा १९% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत १०% को गिरावट

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा १९.३२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.