पाल्पा सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि गत फागुन १२ गतेदेखि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।...

