सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ३.४३ अर्बमा सीमित
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । पछिल्लो समय निरन्तर झरिरहेको सेयरबजारमा आज ०.३२ प्रतिशत अर्थात ८.७८ अंकले बढेको छ । यससँगै आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २ हजार ७१२.८६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४६२.३२ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका ७७ लाख ३४ हजार १२...

