लगातार तीनदिन बढ्यो सेयरबजार, लगानीको वातावरण बन्दै गरेको विश्लेषकको ठहर
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४५७.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३०...

