घट्दो बजारमा कारोबार रकम पनि खुम्चिदै, चुनावअघि नै लय लिनेमा विश्लेषक ढुक्क
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर ४५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब...

