बुधबार, चैत्र २५,२०८२ 04:59:19
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 04:59:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२८ सय विन्दुमाथि उक्लियो नेप्से, उत्पादन तथा प्रशोधन समूहमा चमक

Bizshala
२८ सय विन्दुमाथि उक्लियो नेप्से, उत्पादन तथा प्रशोधन समूहमा चमक
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.६३ प्रतिशत अर्थात् ४५.१२ अंकले बढेर  २ हजार ८०२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२२ प्रतिशतले बढेर ४७६.८८ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘समग्रमा हेर्दा अहिलेको अवस्थामा बजारको सेनारियो राम्रै छ, केही दिनअघि बजार लगातार घटेर तल विन्दुमा आएकाले आज बजार बाउन्स ब्याक भएको हो । अर्थमन्त्रीको सम्बोधनका कारण लगानीकर्ताहरुलाई केही हौसला मिलेको छ । तर बजारमा हिजो र आज भोल्युम खासै राम्रो नदेखिएकाले कन्फर्मेसन देखाएको छैन । यस हिसाबमा ठूला लगानीकर्ताहरु बजारमा अहिले एक्टिभ नभएको बुझ्न सकिन्छ ।’

त्यस्तै, अर्का बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि सम्बोधन गर्ने विषयले बजार फर्किएको छ । यस हिसाबमा बजार अब तल झर्नबाट रोकिएको छ भन्ने बुझ्न सकिन्छ । आज नेप्से परिसूचक २८ सय विन्दुमाथि पनि पुगेको छ । तर बजारलाई भोल्युमले साथ दिएको छैन । यदि बजारमा स्थिरता ल्याउने हो भने भोल्युम पनि बढ्न आवश्यक हुन्छ । २९ सय वा ३ हजारको विन्दुमा पुग्नलाई बजारमा कारोबार रकम बढ्नुपर्ने हुन्छ । हिजोको तुलनामा आज कारोबार बढेको छ, यसर्थमा लगानीकर्ताहरुमा कन्फिडेन्ट बढेको होकि भन्ने अनुमान लगाउन सकिन्छ ।’

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ३.८७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह पनि १.१५ प्रतिशत, विकास बैंक १.९८, वित्त १.४५, होटल २.५६, हाईड्रो २.६१, लगानी १.३५, जीवन बीमा १.३१, लघुवित्त १.२८, म्युचुअल फण्ड ०.९९, निर्जीवन १.०१, अन्य ०.१५ र व्यापार समूह ०.६१ प्रतिशतले बढ्यो ।    

सर्वाधिक कारोबार हुने कम्पनी

आज एसवाई प्यानल नेपालको सर्वाधिक ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी रिलायन्स स्पिनीङ मिल्सको ४२ करोड १६ लाख, शिवम् सिमेन्टको ३७ करोड २० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड ७० लाख र नेशनल हाईड्रोपावरको ३० करोड २५ लाख बढीको सेयर कारोबार भएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज रिलायन्स स्पिीनिङ मिल्स, श्रीनगर एग्रीटेक, सोलु हाईड्रो, होटल फरेस्ट इन, सुपरी खुदी हाईड्रो, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै सान्भी इनर्जीको सेयरमूल्य ९.२२ प्रतिशत, बन्दीपुर केवलकारको सेयरमूल्य ८.१८ प्रतिशतले बढ्यो ।    

स्वेत गंगा हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.३५ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.