खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट
काठमाण्डौ । सेयर बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको छ । नेप्से परिसूचक ८२.४८ अंक(४.०१) प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाई नेपाल स्टक एक्सचेञ्जले २० मिनेटका लागि कारोबार रोकेको हो । बजार खुलेको केवल एक मिनेटमा २१९ कम्पनीको सेयर कारोबार भएकोमा २१६ कम्पनीको सेयरमूल्य बढेको हो ।

