नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१६ प्रतिशत अर्थात ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७० लाख ६१ हजार ८०७...

